गतगणनास्थलमा अनिवार्य सिसी क्यामरा राख्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सबै गतगणनास्थलमा अनिवार्य रुपमा सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिएको छ । देशभरीका ७५३ वटै स्थानीय तहका निर्वाचनका सबै गतगणनास्थलमा अनिर्वाय सिसी क्यामरा राख्न निर्देशन दिइएको छ ।

मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी विवाद रहित बनाउने उदेश्यले सिसी क्यामरा राख्न निर्देशन दिइएको आयोगले बताएको छ ।
मतगणनाका क्रममा कुनै विवाद उत्पन्न भएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत सिसी क्यामरा उपयोगी हुने आयोगको बुझाई छ ।

उक्त कार्यका लागि आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र गरिसकेको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले बताए ।

गत निर्वाचनमा भरतपुर महानगरपालिका लगायत केही पालिकामा मतगणना गर्ने क्रममा विवाद हुँदा केही वडामा पुनःमतदान समेत गर्नु परेको थियो। यस पटक त्यस्तो नहोस भन्नका लागि सिसी क्यामराको ब्यवस्था गर्न लागिएको प्रवक्ता पौडेलको भनाई ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार