नायक भुवन केसी र नायिका श्वेता खड्का काँग्रेस प्रवेश


काठमाडौं । नायक भुवन केसी र नायिका श्वेता खड्का नेपाली काँग्रेसबाट राजनीति सुरु गरेका छन् । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकामा नायक केसी र नायिका खड्का काँग्रेसमा प्रवेश गर्दै राजनीति सुरु गरेका हुन् ।
उक्त कार्यक्रममा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । तीनै नव प्रवेशीलाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए ।

उनीहरुलाई कलाकार निर शाह लगायतले काँग्रेसमा प्रवेश गराउन पहल गरेका थिए। नायक केसी यसअघि एमालेमा संलग्न रहेपनि निष्क्रिय रहेका बेला स्थानिय तह निर्वाचनमा स्वागत नेपाल नेतृत्वको पार्टीमा आवद्ध भएको खबरहरु बाहिर आएका थिए । उनले उक्त पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा भएपनि पछि अस्वीकार गरेका थिए । पछिल्लो समय नेपाली कलाकारहरु राजनीतिमा खुलेरै लाग्न थालेका छन् । स्थानिय चुनाव नजिकिएपछि नायिका करिश्मा मान्नधर एमाले प्रवेश गरेकी थिइन् । नायिका रेखा थापा राप्रपामा रहेर अहिले चुनावी प्रचारमा देश दोडाहामा छिन् ।

भिडियोहरु हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार