काठमाडौं । सरकारले पोखरा विमान दुर्घटनाको शोकमा भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आज बिहान पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बैठकले विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन समेत गठन गरेको छ ।