
काठमाडौं । नेपालीका काँग्रेस प्रवक्ता प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी ओलीजीले झुटमाथि झुट बोलेको बताएका छन् । हिजो एमाले अध्यक्ष ओलीले चुनाव सभामा बोल्दै काँग्रेसमाथि खनिएका थिए । त्यसकै जवाफ फर्काउन आज काँग्रेसले पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेको जस्तो झुटको राजनीति नगर्ने बताएको छ ।
पत्रकार सम्मेलनमा बेल्दै प्रवक्ता महतले भने, ‘हामी झुटो राजनीति गर्दैनौं, केपी ओलीजीले हिजो झुटमाथि झुट बोल्नुभयो ।’
अध्यक्ष ओलीले सरकारमा हुँदा काण्डै काण्ड मच्चाएको भन्दै नेता महतले कमिसन र भ्रष्टाचारमा लिप्त भएर ओलीले देशलाई ऋणमा डुबाएको दावी गरे ।
‘ओलीको पालामा काण्डै काण्ड भए जसलाई भनिसाध्य छैन, ओलीमाथि आफ्नै पार्टीबाट गम्भीर आरोप सचिवालयमा दर्ज भएको थियो। उहाँले काण्ड नमच्चाएको भए आफ्नै पार्टीबाट गम्भीर आरोप लाग्थ्यो ? महतले प्रश्न गरे ।
कोरोनाले मुलुक आक्रान्त हुँदा ओलीको सरकारको ध्यान कमिसनमा केन्द्रित भएको उनको भनाइ छ । ओली सरकारका पालामा ऋण लिएर घ्यु खाने काम भएको नेता महतको भनाइ छ । ओली सरकार अहिलेसम्म भएको भए नेपाल श्रीलंका भइसक्ने समत उनको भनाइ थियो ।
‘ऋण लिएर घ्यु खाने काम भयो, घ्यु पनि जनतालाई होइन केही समितिले खाए, प्रवक्ता महतले भने, ‘केपी ओली अहिलेसम्म सरकारमा भएको भए नेपाल श्रीलंका भइसक्यो । नेपाललाई श्रीलंका पुराउने ओलीजीको योजना काँग्रेसले असफल पारेको छ ।’
ओली सरकारले बिगारेको अर्थतन्त्र वर्तमान सरकारले सुधारिरहेको उनको दाबी छ । ओलीले सरकार हुँदा जनतालाई व्यांसपाइप, रेल, पानी जहाजका झुटा सपना देखाएको बताए । ‘ओलीले काम होइन ठूला ठूला गफ मात्र गर्यो, पानी जहाजको कार्यालय खुल्यो, पानी जहाज आयो त रु, पानी जहाज त कलकत्तामै छ । पूर्व पश्चिम रेल आयो त ?’ महतले प्रश्न गरे ।










