
काठमाडौं । यहि वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै आज रातिदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द हुने भएका छन् ।
निर्वाचन सुरक्षाका लागि भन्दै सरकारले आज मध्यरातिदेखि वैशाख ३० गतेसम्म सीमाबाट हुने आवागमन सबै बन्द गर्ने निर्णय गरेको हो । यो ७२ घण्टे अवधीलाई मौन अवधी भन्ने गरेका कारण पनि यउक्त समयमा प्रचार प्रसार र सीमा नाका बन्द हुने गर्दछ । नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । भारतसंग सीमा नाका खुल्ला रहेका कारण सुरक्षामा चुनौती बन्दै आएको छ।
नेपालको सीमासंग जोडिएका सबै अन्तर्राष्ट्रिय नाकाहरु आज मध्यरातिदेखि बन्द गर्न सम्बन्धीत जिल्लाका प्रशासन कार्यालयहरु निर्देशन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय हवाई उडानका लागि भने विमानस्थलसम्म पुग्ने र विदेशबाट फर्किनेहरुका लागि पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने गृह मन्त्रालयको भनाई छ ।
भिडियो पनि हेरौं










