धनगढीका लागि उडेको जहाजको इन्जिन फेल, काठमाडौंमै आकस्मिक अवतरण

काठमाडौँ । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएपछि काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ । आकासमा उठिरहेका बेला जहाजको बायाँ इन्जिनले काम नगरेपछि जहाज फर्काएर काठमाडौं मै आकस्मिक अवतरण गराइएको हो ।

काठमाडौंबाट २५ नटिकल माइल उडिसकेको उक्त जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

जहाज त्रिभुवन विमानस्थलबाट धनगढीका लागि आज बिहान ११ बजेर ४८ मिनेटमा उडेको थियो भने समस्यापछि १२ बजेर ८ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण भएको प्रवक्ता सिटौलाले बताए । उनकाअनुसार जहाजलाई एउटै इन्जिनको भरमा काठमाडौं फर्काइएको हो ।

विमानमा सवार ८७ जना यात्रु रहेको र सबै सकुशल रहेको प्रवक्ता सिटौलाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार