
काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नोबारे गलत हल्ला फिजाइएको भन्दै आपत्ती जनाएका छन् । बालेन कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको भन्ने हल्लाको खण्डन गर्दै उनले सामाजिकसंजालमार्फत आपत्ति जनाएका हुन् ।
‘हामीले कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको जस्ता निराधार हल्लाहरु फैलाउने प्रयास भएकोमा यसलाई हदैसम्म खण्डन गर्दछौँ । हामी स्वतन्त्र छौँ, बालेनले भनेका छन । र, मौन अवधिपुर्व हामी मतदाताहरुको “घरदैलोमा प्रवेश” गर्ने र हाम्रा मतदाताहरुको नै समर्थन लिनेदिने बाहेक अरु कुनै किसिमका व्यवहारहरु गरेका छैनौँ ।’
बालेनले मौन अवधिमा कसैको अस्तित्व, विचार, सन्देश र वास्तविकतामाथि आक्रमण गर्नमा उपयोग गर्नु गैरकानुनी र अलोकतान्त्रिक भएको बताउँदै गलत हल्लाले मतदाताहरूमाथि अन्याय भएको समेत उनको भनाई छ ।
मौन अवधिमा मतदाताहरू स्वयमले शान्त भएर उत्तम उम्मेदवार छान्ने समय भएको उनले बताए ।
‘निर्वाचन भन्दा अगाडिको मौन अवधिको अर्थ हुन्छ, उम्मेदवारहरूले आफ्ना मतदाताहरूलाई भन्ने जति भनिसक्ने र मतदाताहरू स्वयमले शान्त भएर उत्तम उम्मेदवार छान्न समय लिने । यसले सही उम्मेदवारलाई मतदान गर्न सक्नु हुनेछ । लोकतन्त्रको यो उत्तम तरिका हो’, बालेनले सामाजिकसंजाल फेसबुकमा लेखेका छन् ।
मौन अवधिमा गलत हल्ला फैलाउने तत्त्वहरूप्रति सरकार, निर्वाचन आयोग र स्वयम मतदाताहरू सजग रहन बालेनले सबैमा अपिल गर्दछौँ समेत गरेका छन् ।
‘मतदाताहरूलाई भ्रममा राखेरै भए पनि जित्नै पर्ने सोचको उपज हो । यस्ता हल्ला र हल्ला फैलाउने तत्त्वहरूप्रति सरकार, निर्वाचन आयोग र स्वयम मतदाताहरू सजग रहन हार्दिक अपिल गर्दछौँ’, उनले लेखेका छन्।
भिडियो पनि हेरौं










