
दाङ । दाङको शान्तिनगर गाउँपालिका-१ वडाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीबाट जंगबहादुर पुन ५४० मत ल्याएर प्यानलसहित विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका दुर्गा घर्तीले ५१७ मत ल्याएका थिए भने नेकपा एमालेका थम्मन कनौले २८४ मत ल्याए । पुन २०७४ सालमा पनि वडाध्यक्षमा निर्वाचित भएका थिए ।









