
रोल्पा । रोल्पाको थवाङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादीका उम्मेदवार ऋषिकेशव बुढामगर विजयी भएका छन् ।
उनले २ हजार १२२ मत प्राप्त गरेका छन भने बुढाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरले १ हजार ५०६ मत पाएक छन्।
त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै शर्मिला बुढामगर २ हजार १२२मत प्राप्त गर्दै विजयी भएकी छिन् । उनको निकटतम प्रतिस्पर्धी कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार रायबहादुर पुनले १ हजार ४८७ मत पाए। थवाङमा माओवादीविरुद्ध कांग्रेस–एमाले–विप्लवको संयुक्त गठबन्धन थियो ।
५ वडा रहेको सो गाउँपालिकाको वडा नंं १, २, ३ र ५ मा माओवादीले नै जितेको छ भने एक वडा एमालेले वितेको छ । माओवादीबाट वडा १ मा हिराप्रसाद बुढामगर, वडा २ मा अभिलाशा रोकामगर वडा ३ मा जनक बुढामगर, वडा ५ मा गोवर्द्धन घर्तीमगरले विजय भएका छन् भने वडा ४ मा एमालेका हिक्मत घर्तीमगर विजय भए ।









