एमाले पूर्वमन्त्री पदमा अर्यालका श्रीमान वडा सदस्यमै काँग्रेस युवाद्धारा पराजित


स्याङजा । नेकपा एमालेका केन्द्रिय सचिव तथा पूर्वमन्त्री पदमा अर्यालका श्रीमान वडा सदस्यमै पराजित भएका छन् । स्याङजाको वालिङ नगरपालिकाको वडा १ को वडासदस्य पदका उम्मेदवार अर्यालका श्रीमान लक्ष्मीपति पौडेल काँग्रेस उम्मेदवारसंग करिब ५ सय मतअन्तरले हारेका हुन् ।

काँग्रेसबाट वडासदस्य उम्मेदवार २६ बर्षीय संभव अर्याल १ हजार ११२ मत प्राप्त गरेर विजयी भए भने पौडेलले ६४५ मत पाए । वडामा १ हजार ८३४ मत खसेको थियो ।

वडाध्यक्षमा भने काँग्रेसका पदमराज गुरुङ ८४९ मत प्राप्त गर्दै विजयी भएका छन् ।बालिङको १ र २ वडामा काँग्रेस विजयी भएको छ भने ३ नम्बर वडा नेकपा एमालेले जितेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार