कालीकोट । कालीकोटको पलाता गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाया निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अलै पूरा जैसी विजयी भएकी छन् ।
अधिकांस वडा पनि माओवादी केन्द्रले जितेको छ । तिलागुफा नगरपालिकामा प्रमुखमा कांग्रेसका शंकर उपाध्याय र उपप्रमुखमा एमालेका महेन्द्रबहादुर शाही विजयी भए ।









