गुल्मीको मुसिकोट नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी


गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको मेयर र उपमेयर नेकपा एमाले विजयी भएको छ। मेयरमा एमालेका जीवलाल खरेल र उपमेयरमा एमालेकी गंगा श्रेष्ठ निर्वाचित भएका हुन् । मेयरमा खरेलले ७ हजार ३ सय ९९ मत प्रापत गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६ मत प्राप्त गरे ।

त्यस्तै उपमेयमरमा श्रेष्ठले ७ हजार ११ मत पाइन भने उनकी प्रतिस्पर्धी एकीकृत सामाजवादीका उम्मेदवार श्रीराम महतले ६ हजार ३ सय २३ मत पाए। नगरमा रहेका रहेका ९ वडामध्ये ५ एमाले र ४ वडा कांग्रेसले जितेका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार