
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाको निवर्तमान मेयर नृपबहादुर वडले आफ्नै पार्टीको असहयोगका कारण पराजय भाग्नु परेको प्रतिकृया दिएका छन् ।
स्थानिय तह निर्वाचनमा दोस्रो कार्यकालका लागि मेयर पदमा उम्मेदवारी दिएका वड स्वतन्त्र उम्मेदवार गोपाल हमालसंग पराजित भएपछि यस्तो प्रतिकृया दिएका हुन् । सत्तारूढ गठबन्धनका साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका उनले आफ्नै पार्टीबाट घात भएको दावी गरेका छन्।
वडले आज उपमहानगरपालिका कार्यालय पुगेर नवनिर्वाचित मेयर हमाललाई बधाई तथा शुभकामना समेत दिएका छन् ।
आफु पराजीत भएपनि मेयर हमाललाई धनगढीको विकासका लागि आफ्नो सम्पुर्ण सहयोग रहनेछ बताएका छन्।










