पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी विजयी, उपमेयरमा एमाले

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी विजयी भएको छ । समाजवादीका धनराज आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दै विजयी भएका हुन् । आचार्य सत्ता गठबन्धनका साझा उम्मेदवार थिइ । उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मत पाए ।

त्यस्तै राप्रपाबाट मेयर उम्मेदवार शंकर खरालले ५ हजार ६७४ मत पाए भने स्वतन्त्र मेयर उम्मेदवार खड्गराज पौडेल गनेसले ३ हजार ३० मत पाए ।

त्यस्तै उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङ ६० हजार ५४६ मत प्राप्त गर्दै विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत पाइन् ।

राप्रपाकी उपमेयरमा उम्मेदवार रन्जनाकुमारी सेन पौडेलले ५ हजार ६९९ मत पाइन् भने विवेकशील साझा पार्टीका माधव भण्डारीले २६४ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार