बनाइरहेको सडकमा पहिरो जाँदा २ जना मजदुर पुरिए


संखुवासभा । संखुवासभामा निर्माधिन सडकमा पहिरो जाँदा दुईजना मजदुर पुरिएका छन् ।
जिल्लाको चैनपुर नगरपालिका–१, स्थित नुनढाकी सडकखण्ड निर्माणका क्रममा माथिबाट पहिरो खस्दा दुईजना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो जाँदा मजदुर हेमराज मगर र रामकुमार राई पहिरोमा पुरिएका हुन्। उनिहरुको स्काभेटरको प्रयोगबाट उद्धार गर्ने प्रयास भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार