
बुटवल । नवलपरासी जिल्लाको पश्चिम सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा सोमबार साँझ गोली चलेको छ । अंश मुद्दाका झगडिया सरावल गाउँपालिका –४ मंगलापुरका हर्षराम यादवले गोली चलाएका हुन् ।
यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली चलाएको प्रहरीले जनाएको छ । यद्यपि गोली भने कसैलाई लागेको छैन । गोली चलाउने हर्षराम भने फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । प्रहरीका अनुसार अंश मुद्दामा उनीहरुबीच सोमबार मिलापत्र गर्ने तयारी थियो ।











