
काठमाडौं । बर्दियामा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउदा एक किशोरीको मृत्युको मृत्यु छ । जिल्लाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर कक्षा १२ मा अध्ययनरत नविना थारुको मृत्यु भएको हो । प्रहरीकाअनुसार अन्य चार जना प्रदर्शनकारी घाइते भएका छन् ।
बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै बाटो अवरुद्ध गरेर प्रदर्शन गरिरहेका स्थानियलाई हटाउन खोज्दा प्रहरीमाथि ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको थियो । जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएअनुसार झडपमा प्रहरी हबल्दार पार्वता खड्कासहित केहि प्रहरी घाइते भएका छन् ।
बदिर्याको उक्त घटनाबारे छानविन गर्न गृह मन्त्रालयले ५ सदस्यीय समिति समेत गठन गरेको छ ।











