काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न लुम्बिनी प्रदेश सरकारले समिति गठन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।
उनले मंगलबार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीकी मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि कुटपिट गरेकी थिइन्। उनलाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो।