कर्णाली प्रदेश सरकारको ३२ अर्ब ६१ करोड बजेट


सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९–०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ । बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

यो बजेट चालु आर्थिक वर्षको तुलनामा झण्डै ४ अर्ब कम हो । जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार अर्थात ५९।५८ प्रतिशत रहेको छ भने चालुतर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८।११ प्रतिशत बजेट रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार