मेयर रेनुले चितवनको समग्र विकासका लागि प्रधानमन्त्रीसँग गरिन महत्वपुर्ण छलफल


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग भरतपुरमहानरकी मेयर रेनु दाहालले चितवनको समग्र विकासका लागि छलफल गरेकी छिन् ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेट्दै मेयर दाहालले चितवनको दीर्घकालिन विकासका लागि महत्वपुर्ण विषयगत छलफल गरेकी हुन् ।

छलफलमा मेयर दाहालले चितवनको भरतपुर एयरपोर्ट विस्तार, अन्तराष्ट्रिय रंगशाला निर्माण, माडि क्षेत्रमा रोकिएको भूमिगत विद्युतीकरण कार्य, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तर उन्नति गर्ने लगायतका विषयमा प्रधानमन्त्री देउवासँग छलफल गरेको बताएकी छन्।
छलफल पश्चात योजनाअनुसार कार्य अगाडी बढाउन प्रधानमन्त्री देउवाले आवश्यक निर्देशन समेत दिएको मेयर दाहालले बताएकी छन् ।

छलफमा प्रधानमन्त्री देउवा सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, मुख्य सचिव र प्रधानसेनापतिको समेत सहभागी थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार