जुम्लामा जलविद्युतको पावर हाउस भासिंदा एकै परिवारका ३ जनाको मृत्यु

जुम्ला । जुम्लामा जलविद्युत आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

गएराती करिब पौने ३ बजेतीर जिल्लाको हिमा गाउँपालिका १ स्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिंदा एक परिवारका स्थानिय तीन जनाको मुत्यु भएको जिल्ला प्हरी कार्यालय जुम्लाले जनाएको छ ।

मृत्यु हुनेमा पावर हाउसका चौकिदार गोरकबहादुर रावतकी ३० वर्षीय श्रीमती विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ७ वर्षीय सूर्य रावत रहेका प्रहरी चौकी बड्कीका प्रमुख रामप्रसाद चौलागाईंले बताए । उनकाअनुसार गोरक भने काम विशेषले बाहिर गएका थिए।

तीनै जना पावर हाउसभित्र सुतिरहेका बेला घर भांसिदा उक्त घटना भएको थियो। पानीको फ्लो बढ्दा एक्कासी घर भासिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बड्कीबाट राति ४ बजे नै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । तिनै शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार