पुर्नएकीकरण निर्देशिका उत्पादन र रोजगारीको क्षेत्रमा कोसेढुगां सावित हुने- मन्त्री कुँवर


काठमाडौं । श्रममन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई मध्यनजर गर्दै सरकारले ल्याएको पुर्नएकीकरण निर्देशिका प्रभावकारी ढंगले कार्यान्वयन हुन सकेमा उत्पादन र रोजगारीको क्षेत्रमा कोसेढुगां सावित हुन सक्ने बताएका छन् ।

शनिवार काठमाडौंमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सन्जालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीबाट फर्केका युवा जनशक्तीलाई मध्यनजर गर्दै सरकारले ल्याएको पुर्नएकीकरण निर्देशिका प्रभावकारी कार्यान्वयन हुन सकेमा उत्पादन र रोजगारीको क्षेत्रमा कोसेढुगां सावित हुने बताएका हुन् । वैदेशिक रोजगारीबाट फर्केकाहरुका लागि जारि निर्देशिका महत्वपुर्ण रहेकाले यसको कार्यान्वयनका लागि सबै क्षेत्रमा सहकार्य हुनुपर्नेमा मन्त्री कँवरले जोड समेत दिए ।

उनले आत्मनिर्भरता रहेका चिज वस्तु आयातमा प्रसय दिनु नहुने र त्यसलाई पुर्णरुपले रोक्नुपर्नेमा जोड दिए ।
आयातको तुलनामा निर्यात निकै कम भएको भन्दै मन्त्री कुवँरले उत्पादनमा प्राथमिकता दिनुपर्ने समेत बताए। वैदेशिक रोजगारीबाट फर्केका युवालाई रोजगारी र उद्यमशीलतामा जोड्न सके उत्पादन बढ्ने उनको भनाई छ ।

नेपालको वनको काठ कुहिन पुगेको तर मलेसियाबाट ११ अर्ब भन्दा बढीको काठ आइरहेको उनले बताए। नेपालमा सम्भावना भएको विषयमा विदेशी लगानी आवश्यक नभएको उनले बताए।

सरकारले हालै मात्रै वैदेशिक रोजगारीबाट फर्केकालाई रोजगारीमा जोड्न पुर्नएकीकरण निर्देशिका ल्याएकोमा अब रोजगारी बढ्ने बताए।

कार्यक्रममा बोल्ने वक्ताहरुले ४ वर्षको लामो पर्खाइपछि निर्देशिका जारि भन्दै कार्यान्वयनमा सबैले जोड दिए । स्थानीय तहले चासो देखाए प्रभावकारी ढंगले कार्यान्वयन गर्न सकिने सहभागिहरुके उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार