विदेशी लगानीमा खोलिएको कल सेन्टरमा प्रहरी छापा,डेढ सय युवायुवती पक्राउ


बुटवल । रुपन्देहीको बुटवलमा विदेशी नागरिकको लगानी खोलिएका कल सेन्टरमा प्रहरीले छापा हानेर डेढ सय युवायुवतीलाई प्रक्राउ गरेको छ ।
ठगी धन्दा गरिरहेको आरोपमा प्रहरीले जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं.२ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर ७ सञ्चालक सहित डेढ सय युवा युवतीलाई फत्राउ गरेको छ । त्यस्तै जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै खोलेर त्यहाँबाट सर्वसाधारणलाई म्यासेज, फोटोहरु पठाई प्रलोभान र डर देखाई ठगी गरिरहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

कल सेन्टरबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।

पक्राउ पर्ने युवा भने कार्यालयका कर्मचारी हुन् । उनीहरुले आफूहरु जब लिंक भन्ने संस्थामार्फत यहाँ काममा आएको बताएका छन् । कल सेन्टर र पक्राउ परेकाहरुबारे थप अनुसंन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार