शिक्षालाई शिप र शिपलाई श्रममा रुपान्तरण गर्न आवश्यक- मन्त्री कुँवर


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आर्थिक तथा सामाजिक रुपान्तरणको लागि शिक्षालाई शिप, शिपलाई श्रम र श्रमलाई उद्योगसंग जोड्नुपर्ने बताएका छन्। आज नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा आयोजित समाजवादी इञ्जिनियरिङ एसोसीएसन नेपालको केन्द्रीय बैठकलाई संवोधन गर्दै मन्त्री कुँवरले शिक्षालाई शिप, शिपलाई श्रम र श्रमलाई उद्योगसंग जोड्नुपर्ने बताउका हुन् ।

मन्त्री कुँवरले आफु मन्त्री भईसकेपछि मन्त्रालयमा सबैभन्दा बढी आन्तरीक रोजगारीका क्षेत्रहरुको खोजी गर्ने काम अगाडि बढाएको, वैदेशिक रोजगारीमा ठगीका गुनासाहरु धेरै आउने भएकोले त्यसको निरुत्साहनका लागि पहल भइरहेको समेत बताए।
मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषको दायरा बढाउने, वैदेशिक रोजगारीमा अनौपचारीक क्षेत्रलाई समेत सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने बताए।

उनले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुको लागि नेपालमै रोजगारीको व्यवस्थापन गर्न पुर्नएकीकरण कार्यक्रमको निति ल्याएको भन्दै विदेशी अस्पतालमा भएका नेपालीहरुको शव र कोमामा भएका विरामीहरुको उद्धारका लागि ३ सदस्यि समिति बनाएर काम सुरु भइसकेको र केही दिनमा त्यसको रिर्पोट सार्वजनिक गर्ने जानकारी दिए।

मन्त्री कुँवरले नेपालमा अझै पनि गलैंचा उद्योग, स्टिल फ्याक्ट्री, सुन पसल, इटा भट्टाहरुमा ९० प्रतिशत कामदारहरु विदेशी भएकोले आन्तरीक श्रमीकहरुलाई उक्त क्षेत्रहरुमा काम गर्ने वतावरण बनाउन सबैले पहल गर्नुपर्नेमा जोड पनि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार