संविधानको रक्षाका लागि आगामी चुनावमा पनि तालमेल आवश्य- कोइराला

काङ्ग्रेसले एकसय सिट पाउनुपर्ने दावी

चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि आगामी चुनावमा सत्ता गठबन्धनबीच तालमेल आवश्यक रहेको बताएका छन् ।

चितवनमा संचारकर्मीसंग कुराकानी गर्दै नेता कोइरालाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा पनि सत्तारूढ गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका हुन् । संविधानको रक्षा गर्दै देशलाई विकास र समृद्धीको बाटोमा अघि बढाउन स्थिर सरकार आवश्यक पर्नेहुँदा सत्ता गठबन्धनबीच तालमेल हुनुपर्नेमा जोड समेत दिए ।

चुनाव एक्लै लड्न सक्ने तागत काँग्रेससंग भए पनि संविधानको रक्षार्थ र एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनको विरुद्धमा गठबन्धन जन्मेकाले यसको उदेश्य नै संविधानको रक्षा, स्थिर सरकार, देशको विकास र समृद्धी भएकाले सत्ता गठबन्धनको आवश्यकता रहेको उनको भनाई छ ।

नेता कोइरालाले तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एकसय सिट पाउनुपर्ने दावी समेत गरे । तालमेलबारे अहिले नै गठबन्धनमा सहमती भइनसकेको उनले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार