विदेशमा रहेका नेपालीलाई मतदान गर्न दिनेबारे छलफल भइरहेको छ- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल भइरहेको बताएका छन् ।

पाँचदिने जापान भ्रमणमा रहेका प्रचण्डले आज जापानको फुकुवकामा आयोजित नेपाल फेस्टिभल कार्यक्रमलाई संवोधन गर्दै विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे दलहरुबीच छलफल भइरहेको बताएका हुन् ।

प्रचण्डले हालै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता संशोधन विधेयकले गैरआवासीय नेपालीको नागरिकताको समस्या पनि समाधान गरेको जिकिर गरेका छन्।

पूर्वप्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरुको सीप आर्जन र अनुभवलाई ठीक ढंले सम्बोधन गर्ने समेत बताए । अध्यक्ष प्रचण्डले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि स्थिर र बलियो सरकार बन्ने बताए। संविधानको रक्षा र स्थिर सरकारका लागि सत्ता गठबन्धनको तालमेल आवश्यक रहेको भन्दै प्रचण्डले आगामी सरकारले आर्थिक विकासलाई तिर्वता दिने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार