एमालेसँग अहिलेकै अवस्थामा एकता हुन नसक्ने मालेको निष्कर्ष

काठमाडौं । नेकपा मालेले अहिलेकै अवस्थामा एमालेसँग एकता हुन नसक्ने निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको आधारमा माले र एमालेबीच एकीकरणको चर्चा चले पनि तत्काल त्यसको सम्भावना नरहेको मालेको आज सम्पन्न स्थायी कमिटी बैठकले निष्कर्ष निकालेको हो ।

बैठकको निर्णयमा भनिएको छ, ‘यही साउन १७ गते दिवंगत क.तुल्सीलालको स्मृति कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीबाट व्यक्त विचारका आधारमा नेकपा (माले) र नेकपा (एमाले) बिच पार्टी एकीकरणको चर्चा चलेको पाइयो’, मालेले भनेको छ, ‘नेकपा (माले) सहकार्यको क्रममा मूल बिचार मिल्ने पार्टीहरूबीच प्रकृयासंगत ढंगले गरिने सिद्धान्त निष्ठ पार्टी एकीकरणको सधै पक्षधर रहिआएको छ । तर तत्काल यसको सम्भावना नरहेको नेकपा (माले)को ठहर रहेको छ । यसतर्फ ध्यानाकर्षण गर्दै तदनुकुलको आचरणका गर्नको निम्ति सिङ्गो पार्टी पङ्क्तिलाई निर्देशित गर्ने निर्णय बैठकले गरेको छ ।’

यस्तै बैठकले मितेरी पार्टीलाई मालेमा समाहित गर्ने निर्णय अनुमोदन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार