विभिन्न देशका पैसा बोकेर विदेश जान लागेका भारतीय पक्राउ


काठमाडौं । अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका पैसासहित भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४३ वर्षीय भारतीय नागरिक अंकुर घनश्‍याम भाइ पटेल रहेको प्रहरीले जनाएको छ ।

फ्लाई दुबईको विमानमार्फत दुबई जान लागेका पटेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको झोलाबाट अमेरिकी डलर ३ हजार ६००, पाउण्ड स्टर्लिङ २ हजार १३०, युरो ३ हजार ४००, यूइई दिराम ४ हजार ४६५ केनिया सिलिङग्स ४ हजार ६५० लगायतका पिदेशी पैसा बरामद गरेको छ ।

उनिमाथि थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग हरिहरभवन, पुल्चोकमा लगिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार