भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले फेरि नेपाल आउँदै


कठमाडौं । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले नेपाल आउने भएको छ। उनी भदौँ १२ गते नेपाल आउन लागेका हुन । नीति अनुसन्धान प्रतिष्ठानद्वारा काठमाडौमा आयोजित अन्तराष्ट्रिय गोष्ठीमा भाग लिनका लागि चौथाईवाले नेपाल आउन लागेका हुन् ।

भदौँ १० गतेदेखि सुरु हुने अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् भने समापन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्ने छन् ।

पछिल्लो समय नेपालप्रति चौथाइवालेले बढि नै चासो राखेकोप्रति नेपालको राजनीतिमा भारतीय हस्तक्षेपका रुपमा पनि लिइएको छ । उनले नेपाल आएर शिर्ष दलका शिर्ष नेताहरुलाई भेटेर छलफल गर्ने गरेका छन् । अघिल्लो पटक नेपाल आएका बेला चौथाइवालालाई प्रधानमन्त्री देउवा पत्नी आरजु राणाले हातमा राखी बाँधि दिएकी थिइन् ।

जुन कुराले निकै चर्चा पाएको थियो । त्यसलाई राजनीतिसंग जोडेर पनि कतिपयले आलोचना गरेका थिए ।
यस्तै हालै चौथाइवालाको पार्टी भाजपाको निमन्त्रणमा काँग्रेस र माओवादीका शिर्ष नेताहरुले भारत भ्रमण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार