
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जापान फोहोर व्यवस्थापनमा संसारमै अग्रस्थानमा रहेको आफुले पाइएको बताएका छन् । पाँच दिने जापान भ्रमण सकेर आज नेपाल फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै फोहोर व्यवस्थापनमा जापान संसारमे अग्स्थानमा रहेको बताएका हुन् । उनले काठमाडौंको फोहर ब्यवस्थापनमा बर्षौदेखि जटिला रहेकाले जापानबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताए ।

प्रचण्डले भने, ‘जापानमा टनेल टेक्नोलोजी धेरैमाथि गएको छ । टेलिकम्युनिकेशन सहकार्यको कुरा भएको छ । जापान फोहोर व्यवस्थापनमा संसारकै अग्रस्थान रहेछ । कहीँकतै फोहोर गर्न नदिने रहेछ । त्यसैले हामीले फोहोर व्यवस्थापनका लागि तत्काल इक्विपमेन्ट चाहियो भन्यौ । जापानको सहयोगमा नागढुंगामा सुरुङ बनिरहेको छ। अब हामी धेरै टनेलमा जान्छौ त्यसमा पनि जापानको प्रविधि र लगानी होस भन्ने छ।’
यस्तै जापानको हाइड्रो, कृषि र भौतिक संरचना आवश्यकता भएको विषयमा छलफल भएको अध्यक्ष प्रचण्डले बताए । आगामी मंसिरमा हुने संसदीय चुनावमा जापानी पर्यवेक्षक आउने समेत उनले जानकारी दिए ।










