
काठमाडौं । बन्चरेडाँडामा फोहोर ब्यवस्थापनमा फेरी अवरोध भएको छ । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका दर्जनौं गाडीहरु नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका छन् । बञ्चरेडाँडा वरपरका वासिन्दाले फोहोर फाल्न अवरोध कायमै राखेपछि गाडीहरु बीच बाटोमै रोकिएका हुन् ।
‘प्रहरी स्कटिङमा लगिएका फोहोर बोकेका गाडीलाई स्थानियहरुले अवरोध गरेका कारण बीच बाटोमै रोकिएको महानगरले जनाएको छ ।
महानगरले मंगलबार २ सय ५० गाडी फोहोर बन्चरेडाँडा लैजानका लागि तयारी अवस्थामा राखेको छ । थप सुरक्षाकर्मी परिचालन गरी अवस्था सहज बनाउने प्रयार भइरहेको नुवाकोट प्रहरीले जतथनाएवको छ ।










