
काठमाडौं । भारतबाट फेरी इन्धनको मुल्य घटेर आएको छ । यो लगातार तेस्रो पटक इन्धन मूल्य घटेर आएको हो । इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको नेपाल आयल निगमले जनाएको छ
निगमकाअनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा घटेर आएको छ । यसैगरी, हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेर आएको छ । इन्धनको मूल्य घटेर आएपछि उपभोक्ताहरुले इन्धन केहि सस्तो हुने अपेक्षा गरेका छन् । तर, निगम मासिक ६५ करोड रुपैयाँ घाटामा चलिरहेकाले इन्धनको मूलइ तत्कालै घट्ने अवस्था छैन् ।










