आयोग पुगेर वामदेव गौतमले भनेः ‘एमालेको चुनाव चिह्न लिँदा हारिन्छ, त्यसैले माओवादी रोजेँ’


काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) रोजेको बताएका छन् ।
आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानुनबारे जानकारी लिन आज निर्वाचन आयोग पुगेका नेता गौतमले जित सुनिश्चित भएकाले माओवादीको चुनाव चिन्ह रोजेको बताएका हुन् ।

एमाले फुटेपछि नेकपा एकता राष्ट्रिय अभियानको संयोजक बनेर राजनीति गरिरहेका गौतमले आगामी निर्वाचन जित्ने प्रसस्त आधारहरु रहेकाले सत्ता गठबन्धनको प्रमुख घटक माओवादीको चुनाव चिन्ह आफ्नो रोजाइृमा परेको प्रष्ट पारे ।

आगामी दुबै तहको निर्वाचन सत्ता गठबन्धनले नै जित्ने भएकाले आफ्नो जति पनि पक्का रहेको उनको भनाई छ ।
गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रुपमा रहने समेत जानकारी गराए ।

उनले नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिष्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको पनि जिकिर गरे । हँसिया हथौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसावले अरु सबै गठबन्धन र पार्टी भन्दा अघि रहेकाले माओवादीको चिह्नबाट जित्न सहज भएको उनको भनाई छ ।

‘हामी गोलाकार भित्र हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनावमा जाने भन्ने प्रचण्ड र मेरो बीचमा सहमति भयो । समझदारी बन्यो । त्यसअनुसार जाँदा कानूनी प्रक्रियाहरु के छन्, भोलि गाह्रो पर्ने हो की, सजिलो हुन्छ कि, कसरी मिल्नसक्छ भन्ने सन्दर्भमा कानून विभागका प्रमुखसँग सल्लाह गर्न आएको हुँ । माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर गएपनि म स्वतन्त्र हो, त्यसरी मैले भुमिका निर्वाह गर्छु सदनमा’, नेता गौतमले भने ।
आज मात्रै माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेता गौतमसंगै र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई पनि आफ्नो चुनाव चिन्ह गोलाकार भित्र हंसिया हतौडा दिने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार