प्रचण्डले भनेः बाबुरामजी र म एक ठाउँमा उभियौँ, अब कसैले रोकेर रोकिँदैन

चुनावपछि माधव नेपाल नेतृत्वको पार्टीलाई पनि समेटेर एउटै कम्युनिस्ट पार्टी बनाइने


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले आफू र नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई एक ठाउँमा उभिएकाले अब कसैले रोक्न नसक्ने बताएका छन्। अध्यक्ष भट्टराईसंगको भेटवार्तापछि संचारकर्मीसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले अब आफुहरुलाई एक हुन कसैले रोक्न नसक्ने बताएका हुन् ।

आफुहरु संगै उभिनुले धेरै ठुलो अर्थ राख्ने भन्दै अध्यक्ष प्रचण्डले चुनावपछि एउटै केन्द्र बनाएर जाने समझदारी भउको समेत खुलासा गरेका छन् ।

‘बाबुरामजी र प्रचण्डसँगै उभियौं, अब हामीलाई कसैले रोक्न सक्दैन् । यसरी संगै उभिनुले धेरै ठूलो अर्थ राख्छ । यद्यपि आजनै पार्टी एकता भने भएको होइन् तर चुनाव पछाडि एउटै केन्द्र बनाउने भन्ने समझदारी भएको हामीबीच भएको छ’, प्रचण्डले भने ।

आफुहरु एउटै चुनाव चिह्न, घोषणापत्र र उम्मेदवार साझा बनाएर चुनावमा जानु भनेकै एक ठाउँमा उभिनु भएको उनको भनाई थियो । संविधान र परिर्वतनलाई बचाईराख्न अग्रगामी शक्तीहरु एकसाथ उभिएर देशलाई आर्थिक समृद्धिको दिशामा लैजानु पर्नेमा प्रचण्डले जोड पनि दिए । उनले चुनावपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलगायतलाई समेटेर कम्युनिस्ट पार्टी बनाइने समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार