अब नेपालमै सामसुङ टिभी बन्ने, मन्त्री बडुले गरे फ्याक्ट्री शिलान्यास

 

काठमाडौं । विश्व विख्यात बहुराष्ट्रिय कम्पनी सामसुङले अब नेपालमै टिभी उत्पादन गर्ने भएको छ । दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसुङ र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसनको लगानीमा नवलपरासीको भूमेरोडमा सामसुङ टिभी उत्पादन गर्ने फ्याक्ट्री खोल्न लागेको हो । तत्कालका लागि उक्त फ्याक्ट्रीले टिभी मात्रै उत्पादन गर्ने बताइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले आज उक्त फ्याक्ट्रीको शिलान्यास गर्दै नेपालमा लगानीको वातावरण राम्रो हुँदै गएको बताएका छन् ।

विदेशी लगानी भित्र्याउन सरकारले नीतीगत र प्रशासनिक सुधारहरू गरेको भन्दै विदेशी लगानी लिएर आउन मन्त्री बडुले लगानीकर्ताहरुलाई आग्रह समेत गरे । नेपाल अहिलेसम्म सामसुङ टिभी गोल्छा अर्गनाइजेसनले आयात गरेर बिक्री वितरण गरिरहेको छ ।

सन् २०२३ मै सञ्चालनमा ल्याउनेगरी कुल ५० करोड लगानी फ्याक्ट्री निमार्ण कार्य सुरु हुने नेपाली साझेदार एवम् गोल्छा अर्गानाइजेसनका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए । नेपाली फ्याक्ट्रीमा ८५ इन्चसम्मका टिभी र त्यसको प्यानल उत्पादन हुने उनले बताए।
अध्यक्षकाअनुसार उक्त फ्याक्ट्रीमा १५० जनाले तत्काल प्रत्यक्ष रोजगारी पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार