माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली किन्न बंगलादेशले एक महिनाभित्रै सम्झौता गर्ने

काठमाडौं । बंगलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली किन्न एक महिनाभित्रै विद्यत् खरिद सम्झौता (पीपीए) हुने बताएको छ । नेपाल भ्रमणमा रहेको बंगलादेशको विद्युत, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमान नेतृत्वको टोलीले एक महिनाभित्रै माथिल्लो कर्णालीको प्रवर्द्धक गान्धी मल्लिकार्जुन राओ (जीएमआर) सँग विद्यत् खरिद सम्झौता (पीपीए) हुने दावी गरेका हो।

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकमा भाग लिन सचिव रहमान नेतृत्वको टोली भदौ ६ गते काठमाडौं आएको थियो । भोली बस्ने सचिवस्तरीय बैठकमा पनि यसबारे बंगलादेशले औपचारिक जानकारी गराउने सरकारको अपेक्षा छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार