बालेनले एकैदिनमा हल्लाए काठमाडौंः सपिङ मलका अवैध संरचनामा डोजर, अदालतलाई कडा पत्र


काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले एकै दिनमा काठमाडौंका विभिन्न महत्वपुर्ण ठाँउमा बनेका सपिङ मलका अनधिकृत संरचना भत्काएका छन् । आज एकैदिनमा सुन्धरास्थित काठमाडौं सपिङ मल, न्यूरोडस्थित आर बी कम्प्लेक्स अगाडी बनेका अनधिकृत संरचनामा मेयर बालेनको टोलीले डोजर लगाएर भत्काइदिएको हो ।

त्यस्तै महानगरले बबरमहलस्थित जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार समेत गरेको छ। कानुन विपरीत संरचना बनाएको पाइएमा अदालतमा समेत डोजर चल्ने मेयर साहले बताए। अदालतको अन्डरग्राउण्डमा आशंका गर्दै अदालतको भवनको नक्सा पास नभेटिएको भन्दै प्रमाणपत्र पठाउन महानगरले पत्राचार गरेको छ ।

मेयर बालेनले आजै अनधिकृत रुपमा बनाइएका संरचना भत्काउन न्युरोड, बबरमहल क्षेत्रमा सम्बन्धित् पक्षलाई आग्रह समेत गरेका छन् ।
अनधिकृत रुपमा बनेका त्यस्ता संरचना भत्काउन मेयर आफै प्रहरीको टोलीसहित पुगेका थिए।

केहिदिनअघि फुटपातमा सानो ब्यापार गरिरहेका ब्यक्तीहरुका ठेला, नाङ्ला, छाप्रा भत्काइदिएको भन्दै आलोचना खेपेका मेयर बालेनको आजको कामलाई धेरैले सकारात्मक भनिरहेका छन् । फुटपात ब्यापारीको रोजीरोटीको समेत कुनै वैकल्पिक उपाय नगरी मेयर बालेन निर्मम रुपमा उत्रिएको भन्दै उनले तिर्व आलोचना खेपेका थिए ।

 

त्यस्तै नयाँ बानेश्वरमा पार्किङका लागि बनाइएको अन्डरग्राउण्डमा पसल सञ्चालन भएको पाइएपछि मेयर बालेनले उक्त संरचनाहरु पनि भत्काएका छन् । त्यसरी अनधिकृत रुपमा बनाइएका संरचना भत्काउन महानगरले ३५ दिने सूचना निकालेको थियो ।

त्यस्ता संरचना हटाउन दिइएको समयअवधि सकिएपछि महानगर एक्सनमा उत्रिएको हो । देशकै राजधानीमा अनधिकृत रुपमा सडक, फुटपात, सार्वजनिक ठाउँहरुमा संचरना बनाउँदा काठमाडौं नै कुरुप देखिएको छ ।

काठमाडौंका विभिन्न ठाउँमा पार्किङका लागि बनाइएका अन्डरग्राउन्डहरुमा पनि पसलहरु संचालन हुँदा सवारी पार्किङमा निकै समस्या हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार