संरचना भत्काएपछि बालेनलेः भाडावाललाई पर्न गएको असुविधाप्रति दुखी छौ, मालिकहरुबाट क्षतिपूर्ति भराउँछौं


काठमाठौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले अनधिकृत संरचना भत्काउदा भाडावाललाई पर्न गएको असुविधाप्रति दुख ब्यक्त गर्दै क्षतीपुर्ती भराउन पहल गर्ने बताएका छन् ।

महानगरले आज काठमाडौंका विभिन्न स्थानमा बनेका अनधिकृत संरचना भत्काउदा त्यसमा भाडा गरेर ब्यापार गर्नेहरुलाई पुगेको असुविधाप्रति सामाजिकसंजालमार्फत दुख ब्यक्त गर्दै मेयर बालेनले उचित क्षतीपुर्ती दिलाउन आफुले पहल गर्ने बताएका हुन् ।

‘अनधिकृत संरचनाहरुका भाडावालहरुलाई पर्न गएको असुविधाप्रति हामी दुख व्यक्त गर्दछौँ । साथै, त्यस्ता संरचनाहरु भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्याएवापत् हुन सक्ने कानुनी कारबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरुबाट क्षतिपूर्ति गराउने तर्फ महानगरले हदैसम्मको पहल गर्ने विश्वास दिलाउँन चाहन्छौँ’, बालनले फेसबुक स्टेटसमा लेखेका छन् ।

उनले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेका नभई ३५ दिने सूचना जारी गरेको समेत बताएका छन् । तर सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहमा लागि कोही पनि सम्पर्कमा नआएको तितो अनुभव महानगरसंग रहेको बालेनको भनाई छ ।

मेयर बालेनले अनधिकृत रुपमा कसैले पनि भौतिक संरचनाहरु नबाउन आग्रह समेत गरेका छन् । त्यस्ता संरचनाहरु भाडामा नलगाउन समेत उनले भनेकाछन् ।

मेयर बालेनको उस्थितीमा आज महानगरले सुन्धारास्थित सपिङ मल, न्यूरोडस्थित आर बी कम्प्लेक्स अगाडी बनेका अनधिकृत संरचनाहरु डोजर लगाएर भत्काएको थियो ।

त्यस्तै महानगरले बबरमहलस्थित जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार समेत गरेको थियो । कानुन विपरीत संरचना बनाएको पाइएमा अदालतमा समेत डोजर चल्ने मेयर साहले बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार