अल्फाबिटामाथि डोजर चलाएर बालेनले भनेः उहाँले आफ्नै नक्सा मलाइ माग्नुभयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गए, मैले के बिराए


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नयांबानेश्वरस्थित अल्फबिटा कम्पलेक्समा डोजर चलाएर मैले के बिराए भन्दै कटाक्ष गरेका छन् ।

आज बिहान कम्प्लेक्सको अनुगमन गरेका मेयर बालेनले दिउँसो अवैध संरचनामाथि डोजर चलाएका हुन् । बिहान कम्पलेक्स प्रतिनिधिले उनलाई भवनको नक्सा ल्याउन भनेपछि जंगिएका बालेन दिउँसो नक्सा र डोजर लगेर अवैध संरचना भत्काएका छन् ।

बालेनले आफ्नो फेसबुक स्टाटसमा डोजर चलेको र भवनको नक्सासहितको फोटो पोष्ट गर्दै लेखेका छन्, “हाले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गए । मैले के बिराए ।”

उनले उपरान्त अवैध तरीकाले संरचना नबनाईदिन अनुरोध गर्दै बनेका संरचना हटाइदिन दिन आग्रह समेत गरे । जसरी भवनको नक्सा पास भएको त्यहीअनुसार भवन बनाउन पनि बालेनले भनेका छन् ।

 

नियमविपरीत बनाइएका संरचना हटाउन अग्रीम सूचना जारी गर्दा पनि कम्प्लेक्स धनीले नहटाएपछि मेयर शाहले आफै उपस्थित भएर डोजरले उक्त संरचना भत्काइदिएका हुन् ।

नियमविपरीत पार्किङका लागि बनाइएको बेसमेन्टमा  होटल, रेस्टुरेन्ट, पब तथा पसलहरू सञ्चालन गर्न दिएको पाइएको छ । एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले यसअघि नै त्यस्ता संरचना हटाउन भन्दै ३५ दिने सूचना निकालेको थियो ।

त्यहीअनुरुप हिजो महानगरले सुन्धारास्थित काठमाडौं मल र न्यूरोडस्थित आरबी कम्पलेक्सका अवैध संरचनामाथि डोजर चलाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार