मेयर हर्क साम्पाङले प्रचण्डलाई श्रमदान गराएरै छाडे


धरान । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड धरान पुगेर मेयर हर्क सम्पाङको वृक्षरोपण कार्यक्रममा सहभागी भएका छन् ।

जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड धरान पुगेको मौका पारेर मेयर हर्कले आफ्नो वृक्षरोपण कार्यक्रममा सहभागी गराएका हुन् । धरानका मेयर साम्पाङले हरेक शनिबार वृक्षारोपण कार्यक्रम राख्दै आएका छन् ।

अध्यक्ष प्रचण्ड धरान आएको अवसर पारेर हरेक शनिवार गरिदै आएको वृक्षरोपण एकदिन अघि सारेको मेयर हर्कले बताएका छन् । प्रचण्डले सर्दु जलाधार क्षेत्रमा भइरहेको वृक्षारोपण कार्यक्रममा सहभागीता जनाएक हुन् ।

धरानका उपमेयर आइन्द्रविक्रम बेघाले वृक्षारोपणको कार्यक्रममा सरिक भएपछि अध्यक्ष प्रचण्ड जेबी टुहुरे स्मृतिमा आयोजित कार्यक्रममा सहभागी भएको जानकारी दिए । एक साताअघि काठमाडौं आएका बेला मेयर साम्पाङले प्रचण्डलाई सर्दुखोलामा श्रमदान गर्न आउन निम्तो दिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार