नागरिकता विधेयकलाई राष्ट्रियसभाले पास नगरि विधायन समितिमा पठायो


काठमाडौं । नागरिकता विधेयकलाई राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

आज बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि त्यसलाई सभाले सर्वसम्मतिले स्वीकृत गर्दै समितिमा पठाएको हो । समितिमा पठाइएको विधेयकमा आवश्यक छलफल गरी प्रतिवेदन सहित पुनः विधेयक पारितका लागि सभामा पेश गरिनेछ । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गतेका लागि बालाइएको छ ।

यसअघि दुबै सदनबाट पारि भई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइएको विधेयकलाई राष्ट्रपतिले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन ।

फिर्ता पठाइएको विधेयकलाई सत्ता गठबन्धनले फेरी संघीय संसदबाट हुबहु पारित गरिसकेको छ । तर, विधेयकमा समावेश भएको विवाहित अँगिकृत नागरिकता दिने बिषयमा राखिएको ब्यवस्था ज्यादै खुकुलो भएको भन्दै सत्तारुढ दलभित्रैबाट तिर्व असन्तुष्टी आएपछि सरकार र सत्ता गठबन्धन यसलाई विधायन समितिमा छलफलका लागि पठाउन सहमत भएको छ ।

विधेयकमा विदेशी बुहारीलाई बिहे गरे लगत्तै नागरिकता दिने ब्यवस्थालाई खारेज गरी कम्तिमा पनि ५ बर्षपछि मात्रै नागरिकता दिने प्रावधान राख्न सरकारलाई ठुलो दवाब छ । नागरिकता दिने प्रावधानमा कडाई नगरे खुला सिमानामा कारण भोली देशमा गैर नेपाली नागरिकहरुको घुसपैठ भई त्यसले देशको राष्ट्रियता मै खतरा उत्पन्न हुन सक्ने जानकारहरु बताउँदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार