प्रचण्डले भनेः सहमतीको नजिक पुगेकाले क्षेत्र र प्रदेश तोकेरै गठबन्धनमा सिट बाँडफाँट हुन्छ

एकिकृत समाजवादीसंग चुनावअघि नै एकता प्रयास


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले क्षेत्र र प्रदेश तोकेरै गठबन्धनमा भागवण्डा मिलाउने तयारी भइरहेको समेत उनले बताए।
आज सुर्खेत विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै प्रचण्डले गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो कुनै विषयमा असहमति नभएको दाबी पनि गरे ।

कुराकानीमा प्रचण्डले नेकपा (एकीकृत समाजवादी) सँग एकताको प्रयास भइरहेको र निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत गरे ।

यो पटक प्रतिनिधि र प्रदेश दुबै सन्तुलित तालमेल गरिने भन्दै प्रचण्डले कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको बताए ।
एमालेसँग कुनै प्रकारको तालमेलको सम्भावना नरहेको भन्दै प्रचण्डले सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा सफलता हासिल गरिने जिकिर गरे ।
संचारकर्मीको जिज्ञासामा अध्यक्ष प्रचण्डले मंसिर ४ गतेको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने जानकारी पनि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार