अछामका पहिरो पीडितलाई नगदसहित राहात दिएर फर्के मन्त्री कुँवर, घाइतेको उपचार सरकारले व्यहोर्ने

अछाम। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछामका पहिरो पीडितलाई नगदसहित राहत वितरण गरेर फर्केका छन् ।
आज काठमाडौंबाट धनगढी हुँदै अछाम पुगेका मन्त्री कुँवरले पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्दै पीडित परिवारलाई नगदसहित राहात वितरण गरेर फर्केका हुन् ।

शुक्रबार राति अविरल बर्षापछि गएको पहिरोमा परी २२ र खोलाले बगाएर मृत्यु भएका १ जनासहित २३ जना मृतकका परिवारलाई भेटेर मन्त्री कुँवरले सरकारबाट दिइएको जनही १ लाख र आफ्नो ब्यक्तिगत तर्फबाट जनही १० हजारका दरले पीडित परिवारलाई नगद राहात वितरण गरेको उनको सचिवालयले जनाएको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले दिएको जानकारी अनुसार बाढि र पहिरोमा परी मृत्यु भएका परिवारलाई सरकारका तर्फबाट तत्काल किरिया खर्चवाफत जनही १ लाख रकम वितरण गरिएको हो ।

मन्त्री कुँवरले पहिरो प्रभावित अछामको कमल बजारको हात्तिबाँझ, कमल बजार एयरपोर्ट, ढकारी र तुर्माखाँदका पीडितलाई भेटेर त्रिपाल, बल्याङ्केट, खाद्यान्न लगायतका राहात सामाग्री पनि वितरण गरेको उनका प्रेस संयोजक रमा खड्काले जानकारी दिए ।

मन्त्री कुँवरले पहिरोमा परी घाइते भएकाहरुको सम्पुर्ण उपचार सरकारले व्यहोर्ने समेत बताएका छन् । पीडितलाई आगामी दिनमा पनि थप सहयोग हुने मन्त्री कुँवरले आश्वासन दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार