मन्दिर छिरेको भन्दै बाजुरामा टेकेन्द्र सुनारमाथि आक्रमण, वडाध्यक्ष पक्राउ

बाजुरा । मन्दिर छिरेको भन्दै बाजुरामा एक दलितमाथि निर्घात कुटपिट गरिएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न गएका बुढीगंगा नगरपालिका ५ घर भई कंचनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि जातीय गालीगलौच गर्दै निर्घात कुटपिट भएको हो ।

मन्दिरमा नवरात्री बस्न गएको समयमा ‘तल्लो जाती भएर पनि मन्दिरमा आउने’ भन्दै जातीय गालीगलौच गर्दै कुटपिट रहेको र आफुसंग भएको ६० हजार नगर पनि लुटेर लगेको पीडित सुनारले बताएका छन् ।

कुटपिटमा संलग्न रहेको भन्दै त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जुद्ध बहादुर अयडीलाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष अयडी लगायतको समुहले आफुमाथि जालीगलौच गर्दै कुटपिट गरेको सुनारको भनाई छ ।

अध्यक्ष अयडीसहितको समुहले ‘हामीहरु पुजा गरिरहेको ठाँउमै किन आएको तँ डुम ?’ भन्दै कुटपीट र लुटपाट गरेको पिडित टेकेन्द्र सुनारले प्रहरीसमक्ष बताएका छन् ।

आफुमाथि जातीय गाली गलौच र कुटपिट गरेको भन्दे पीडित सुनारले वडाध्यक्ष अयडी र मन्दिरका पूजारी रङ्ग उपाध्याय विरुद्ध बडिमालिका प्रहरी चौकी पैमामा जाहेरी दिए पछी वडाध्यक्षलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमख प्रहरी नायव उपिरक्षक सुर्य थापाले बताए । उनकाअनुसार कुटपिटमा संलग्न अन्य दुईजना फरार छन् ।

कुटपिटबाट सुनारको आँखा, कान, नाक र पीठ्युमा ठुलो चोट लागेको प्रहरी प्रमुख थापाले बताए । घटनाबारे सत्यतथ्य छानविन गरी दोषीमाथि कानुनी कारवाही हुने हुनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार