रवि लामिछानेलाई डेंगु संक्रमण


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ । रविले आफ्नो फेसबुक पेजमा आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्।

‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाईका लक्षण देखिन थालेको थियो । आज परिक्षण गराउँदा डेंगु देखियो । डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर, तनहुँ, लम्जुङ, गोर्खा लगायतका कार्यक्रमहरुमा सहभागी हुन नसकिने कुराको जानकारी गराउँदछु’, उनले फेसबुक स्टेटसमा लेखेका छन् ।

आफु अस्वस्थ भएपछि पुर्वानिर्धारित पार्टीका कार्यक्रमहरुमा सहभागिता जनाउन नसक्ने समेत जानकारी गराएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताएका छन् । पछिल्लो समय काठमाडौ उपत्यकामा डेंगी संक्रमण तिर्व रुपमा फैलिएर अस्पतालहरुमा बिरामीको निकै चाप बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार