काठमाण्डौं । नेकपा एकीकृत समाजवादी काठमाण्डौं जिल्ला किमिटीले काठमाण्डौं महानगरपालिका १५ का शाखा अध्यक्ष राजा शाक्यलाई कारवाहि गरेको छ । शाक्यले स्वतन्त्र उम्मेदवारी दिई पार्टीको निर्णय विपरित काम गरेको भन्दै जिल्ला किमिटीले पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाहि गरेको हो ।
बिहिबार जिल्ला कमिटी अध्यक्ष एलपी श्रष्ठले एक पत्र जारी गरी शाक्यलाई कारवाहि गरेको जानकारी गराउनु भएको छ । उहाँले जारी गरेको पत्रमा शाक्यलाई पार्टीको निर्णय विपरित काम गरेकाले साधारण सदस्य समेत नरहने गरि कारवाहि गरिएको उल्लेख गरिएको छ ।
नेकपा एस काठमाण्डौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ८ अन्तरगत महानगरपालिका १५ का शाखा अध्यक्ष रहेका शाक्यले पार्टीको निर्णय विपरित स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए ।