काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यसहित ४१ जना एमाले नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
आज माओवादी अध्यक्ष प्रचण्डले एमाले बागमती प्रदेश कमिटी सदस्य रामकृष्ण लामा, रामेछाप जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामालगायत ४१ जना एमाले नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेश गरेका नवआगन्तुकहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले देशैभरी माओवादीप्रति जनताको आर्कषण बढेकाले उनिहरुको चाहाना र समस्या हल गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताएका छन् । मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि अहिले दलहरु सभा, घरदैलो कार्यक्रम गर्दै जनतासंग मत मागिरहेका छन् ।