गगन थापाले मत माग्दै भनेः प्रधानमन्त्री भइ देशको विकास गर्ने लक्ष्य छ


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव जितेर देशको प्रधानमन्त्री बन्ने लक्ष्य रहेको बताएका छन् ।

आगामी मंसिर ४ गते हुने चुनावमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेता थापाले आज घरदैलो कार्यक्रममा सहभागी हुँदै यस्तो बताएका हुन् । उनले चुनाव जितेर पार्टीबाट संसदीय दलको नेता भई प्रधानमन्त्री बन्ने लक्ष्य रहेकाले आफुलाई मतदान गरेर जिताउन आग्रह गरे ।

नेता थापाले आफ्नो पहिलो लक्ष्य प्रतिनिधि सभा सदस्य जित्ने र दोस्रो लक्ष्य पार्टीबाट संसदीय दलको नेता भएर देशको युवा प्रधानमन्त्री भइ विकास गर्नु रहेको बताए ।

चुनाव नजिकिदै गएपछि दलका उम्मेदवारहरुले मतदातालाई आफुतीर तान्न ठाँउ ठाउँमा चुनावी सभा, सेमिनार, गोष्ठी लगायत घरदैलो कार्यक्रमलाई तिर्वता दिएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार