आज चितवनमा देउवा, प्रचण्ड र माधवले वृहत चुनावी सभालाई संवोधन गर्दै


चितवन । सत्ता वाम–गठबन्धनका तीन शिर्ष नेताहरुले आज चिततवनको चुनावी सभालाई संवोधन गर्दैछन ।
आसन्न मंसिर ४ को चुनावलाई लक्षित गर्दै सत्ता वाम–गठबन्धनले संयुक्त रुपमा आयोजन गरेको चुनावी सभालाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले संवोधन गर्न लागेका हुन् ।

भरतपुरमा आयोजना गरिएको सभामा नेताहरुले चितवनका तीन वटै निर्वाचन क्षेत्रलाई लक्षित गरेर जनतासंग मत माग्नेछन ।

चितवनमा गठबन्धनबाट निर्वाचन क्षेत्र–१ मा कांग्रेसका विश्वराज पौडेल क्षेत्र–२ मा कांग्रेसबाटै उमेश श्रेष्ठ र क्षेत्र–३ मा माओवादी केन्द्रबाट भोजराज अधिकारी उम्मेदवार छन् ।

त्यस्तै नेकपा एमालेबाट क्षेत्र क्षेत्र– १ मा सुरेन्द्र पाण्डे, क्षेत्र– २ मा कृष्णभक्त पोखरेल उम्मेदवार छन् । क्षेत्र– ३ मा एमालेले उम्मेदवार उठाएको छैन्। त्यहाँ कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टी छोड्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् । राप्रपाका विक्रम पाण्डे पनि क्षेत्र– ३ बाटै उम्मेदवार बनेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले चितवन छोडेर गोरखा चुनाव क्षेत्र रोजेपछि काँग्रेसलाई दुईवटा क्षेत्र दिइएको छ ।
समग्र चितवनको चुनावी मैदान यसपटक रोचक नैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार