‘केपी ओली व्यवस्था मास्न राजावादी र विखण्डनकारी बोकेर भोट माग्दै हिँडेका छन्’


रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले एमाले अध्यक्ष केपी ओली व्यवस्था मास्न राजावादी र विखण्डनकारीहरुसंग मिलेर भोट माग्दै हिंडेको बताएका छन् । गृह जिल्ला रोल्पाको सुलैचौधरमा सत्ता गठबन्धन संयुक्त चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली अझै संविधान, लोकतन्त्र र गणतन्त्र मास्न भोट माग्दै हिंडिरहेको बताएका हुन् ।

आफूहरूले विगतमा ओलीबारे गर्दै आएको टिप्पणी हाल उनले बनाएको चुनावी गठबन्धनमा रहेका राजावादी, विखण्डनकारी दल र व्यक्तिहरूबाट प्रस्ट भएको उनको भनाई छ ।

पूर्वमन्त्री समेत रहेका पुनले पटकपटक संविधान च्यात्नेहरू, प्रतिगमनको प्रयास गर्ने, राजावादीहरू, देशबाट मधेसलाई अलग गर्न चाहनेहरू, साम्प्रदायिक सोच राख्नेहरू ओलीको प्रतिगामी मोर्चा रहेकाले उनिहरुलाई मंसिर ४ गते जनताले परास्त गर्ने दावी गरे ।

नेता पुनले ओलीले प्रधानमन्त्री हुँदा जनताको थलो संसदलाई दुई दुई पटक विघटन गरेर संविधान मिच्न खोजेकाले जनताका अधिकारको रक्षा गर्न काँग्रेस, माओवादी, एकिकृत समाजवादी लगायतको पाँच दलिय गठबन्धन निर्माण भएको प्रष्ट पारे । उनले संविधानको रक्षा गर्दै विकास र समृद्धीको चाहाना पुरा गर्ने उदेश्य सत्ता गठबन्धनको भएकाले जिताउन आग्रह पनि गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार